फाइल फोटो
व्यवस्थापिका–संसदको बिहीबारको बैठकमा ऊर्जामन्त्री जनार्दन शर्माले प्रस्तुत् गरेको सो विधेयकलाई सदनको बहुमतले पारित गर्नुपर्ने थियो ।
तर, गणपूरक संख्या नपुगेको भन्दै सांसद प्रेस सुवालले नियमापत्ति गरेपछि सभामुख ओनसरी घर्तीले तीन मिनेट घन्टी बजाएर सांसदको गणना गर्न सचिवालयलाई निर्देशन दिइन् ।
प्रस्ताव पारित हुन कुल १४९ जना सांसद आवश्यकपर्नेमा सदनमा ९० जनामात्रै सांसद उपस्थित भएपछि सो प्रस्ताव पारित हुन सकेन । कुनैपनि प्रस्ताव पारित हुन कुल सांसदको एक तिहाइ आवश्यक पर्दछ ।
त्यसअघि, सो विधेयकका सम्बन्धमा सांसदहरु रेवतीरमण भण्डारी र प्रेम सुवालले विधेयकमा भएका कमी–कमजोरी सच्याउन आग्रह गरे ।
सांसदद्वयले उठाएको प्रश्नको जवाफ दिँदै ऊर्जामन्त्री शर्माले जलविद्युत् क्षेत्रलाई व्यवस्थित, मर्यादित बनाउन, जनतालाई भरपर्दो विद्युत् सेवा उपलब्ध गराउने लक्ष्यअनुसार नै विधेयक ल्याइएको बताए ।
सरकारले आगामी सात वर्षभित्र १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ कार्यक्रम अगाडि सारिएको, हरेक घर–परिवारलाई न्यूनतम् रु एक लाख बराबरको सेयर दिने व्यवस्था गरिएको, वैदेशिक रोजगारीमा रहेका युवालाई जलविद्युत् उत्पादनमा लगाउने लक्ष्यअनुसार काम भइरहेको उल्लेख गरे ।
वर्तमान सरकारले भारतबाट थप ४५ मेगावाटमात्रै विद्युत् आयात गरिरहेको भन्दै आवश्यकभन्दा बढी विद्युत् आयात नगरिएको उनले स्पस्ट पारे ।
व्यवस्थापिका–संसदको अर्को बैठकक यही वैशाख १० गते १५.०० बजे बस्नेछ । रासस





प्रतिक्रिया दिनुहोस्