Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


सरकारी चिकित्सालय हटाउन खोजेको भन्दै आक्रोश


13
Shares

स्वास्थ्य मन्त्रालय अन्तर्गत सञ्चालन भईरहेको ललितपुर, हरिहर भवनस्थित पशुपति होमियोप्याथिक चिकित्सालयलाई वैकल्पिक ठाउँ नदिई हटाउन खोजेको भन्दै सरोकारवालाहरुले आक्रोश पोखेका हुन् ।

पाटन उच्च अदालतलले आफूहरुलाई ठाउँ अपुग भएको भन्दै होमियोप्याथी अस्पताल रहेको भवन र जग्गा खाली गर्न भनेपछि अस्पतालका कर्मचारीलगायत सरोकारपक्ष आक्रोशित बनेका हुन् ।

बिहीबार हामीसंँग कुरा गर्दै अस्पताल प्रमुख डा.सब्बीर खानले दिनहुँ ३५० भन्दा बढी विरामीलाई उपचार दिइरहेको अस्पतालाई कुनै विकल्प नै नदिई खाली गर भन्नु कति उचित हो भन्ने प्रश्न गरे ।

अस्पतालका कर्मचारी तथा सरोकारवालाहरुले आजै स्वास्थ्यमन्त्री गगन थापालाई भेटी ज्ञापन पत्रसमेत बुझाएका छन् ।