केही बर्षयता भारतीय पर्यटक बढ्न थालेपछि जिल्लामा सुविधासम्पन्न होटल खोल्ने बढेका हुन् ।
कैलाश मानसरोवर दर्शनार्थीका लागि मुख्य बासस्थान सिमकोट भएपछि पर्यटकलाई लक्षित गरी स्तरीय होटल खुल्नेक्रम बढेको हो ।
गतबर्षको तुलनामा यस बर्ष मानसरोवर कैलाश जाने दर्शनार्थी बढ्ने अपेक्षा होटल व्यवसायीको छ ।
बैशाखदेखि भदौसम्म पर्यटक आउने मौसम भएको र पर्यटकको संख्या बढ्न थालेपछि सदरमुकाम सिमकोटमा करोडौं लगानी गरेर नयाँ होटल खोल्न थालिएको हो ।
केही नयाँ होटल बन्दै छन् भने पुराना होटल व्यवसायीले पनि स्तरोन्नती गर्दै सुबिधा थप्न थालेका छन् ।
भारतीय र तेस्रो देशका पर्यटक भित्रिने समयमा होटलमा कोठा नपुग हुने भएकाले पनि घर भाडामा लिएर व्यवस्थापन गरिने होटल व्यवसायी बताउँछन् ।
होटलको सुविधाअनुसार भारतीय पर्यटकलाई प्याकेजमा एक रातको खाना र बस्न वापत एक हजार पाँच सयदेखि तीनहजार रुपैंयाँसम्म पर्ने छ ।
गतबर्ष करिब ८ हजार भारतीय पर्यटक आएको सिमकोटमा यस बर्ष १५ हजारसम्म आउने व्यवसायीको अनुमान छ ।









प्रतिक्रिया दिनुहोस्