
तर, उनले अब आउन लागेको फिल्ममा आफ्नो ‘लुक्स’ शुक्रबार (आज) सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा एकाएक चर्चित हुँदैछन् ।
उनले यसअघि ‘ट्याप्ड’ नाम गरेको फिल्ममा अभिनय गरेका थिए । उनको कलाको सबैले तारिफ गरे । तर, फिल्म भने ‘सुपर–डुपर फ्लप’ हुन पुग्यो । उनले हिन्दी गीतहरुमासमेत ‘मोडलिङ’ गरिसकेका छन् ।
अब, राजकुमार नयाँ फिल्ममा नयाँ लुकस्का साथ आउँदैछन् । उनी ३२४ वर्षका एक बुढो मानिसको भूमिकामा देखिँदैछन् । उनले भर्खर आफ्नो ‘लुक्स’ सार्वजनिक गरेका छन्, जुन देखेर मानिसहरु डराउन सक्छन् ।
राजकुमारले इन्स्टाग्राममा आफ्नो लुकस् सार्वजनिक गर्दै भनेका छन्–‘३२४ वर्षको बुढो बन्नका लागि फिल्मका निर्माता दिनेह विजानले अमेरिकाबाट विशेषज्ञ मेकअप आर्टिस्ट बोलाएको र ती आर्टिस्टले लगातार ५ घन्टा मेकअप गरेपछि यस्तो लुक बनेको छ ।’
राजकुमारले फिल्म ‘राब्ता’का लागि आफ्नो हुलिया सँगसँगै आवाज, हाउभाउ र खानपानसमेत परिवर्तन गरेको बताएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्