
पुष्कर बिकको रचनामा रहेको ‘हिमालको काखैमा’ गीतमा विदेशिएका युवाको गाउँघरको प्रेम देख्न सकिन्छ ।
गीतमा किरणबाबु पुन, राजेश बिसी र देवी घर्तीले स्वर दिएका छन् । गीतमा परदेशीले गाउँघरको यादमा तड्पिएको बिषयलाई समेटिएको छ । अस्मिता बडुवाल र लक्ष्मण सोनीले गीतमा अभिनय गरेका छन् ।
लामो समयदेखि नेपाली सञ्चार क्षेत्रमा काम गर्दै आएका रचनाकार पुष्कर अहिले अमेरिकामा बस्दै आएका छन् ।
बिदेशी भुमिमा रहेर पनि नेपाली लोक गित संगीतको रचनामा तल्लिन उनी दोलखाका हुन् । पुष्करका रचनामा रहेका करिब एक दर्जन गीत बजारमा आइसकेका छन् ।
‘बेदना यो मन भित्र छ’, ‘पराइ भयौ अहिले’, ‘भेट होला कहिले’, ‘त्यहि मोरी चाहिन्छ’ लगायतका गित स्रोता तथा दर्शकको मनमा बस्न सफल छन् ।
प्रतिक्रिया दिनुहोस्