Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


खानेपानी विषयमा विवाद हुँदा दैलेख कारागारमा झडप, सातजना घाइते


0
Shares

खानेपानीको विषयलाई लिएर कारागारमा रहेका नारायण शाही र उपेन्द्र पुनबीच भएको भनाभनपछि दुई समूहबीच झडप भएको प्रहरी निरीक्षक योगेन्द्र खड्काले जानकारी दिए ।

घाइतेमध्ये शाही र पुनलाई जिल्ला अस्पताल दैलेखमा उपचारका लागि लगिएको छ । अन्य पाँचजना भने सामान्य घाइते छन् ।

दैलेख कारागारमा ८० जना पुरुष र २० जना महिला राख्ने क्षमता भएपनि १ सय ५३ जना राखिएको छ ।

क्षमताभन्दा बढी कैदीबन्दी राखिंदा कारागारमा पटक-पटक विवाद र झडप हुने गरेको छ ।