Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


नवजात शिशु जमिनमुनि गाडेको तीन दिनपछि निकाल्दा जिउँदै


26
Shares

गत विहीबार दक्षिण अफ्रिकाको क्वाजुल नेटल प्रान्तमा रहेको पडडक सहरकी २४ वर्षीया एक महिलाले आफ्नो नवजात शिशु जमिनमुनी गाडेकी थिइन् ।

काठ फर्निचरमा मजदुरी गर्ने ती महिलाले एक शिशुलाई यसअघि नै जन्म दिइसकेकी थिइन् ।

दोस्रो शिशु जन्मिएपछि बाबु–आमाको डरले काठ कारखानाकै जमिनमा माटो र काठका टुक्राहरुले आफ्नो शिशुलाई पुरेर छोडेकी थिइन् । गाडेको तीन दिनपछि काठ फर्निचरका कर्मचारीहरुले शिशु रोएको चाल पाएपछि प्रहरीलाई खबर गरेका ‘डेलीमेल’ले उल्लेख गरेको छ ।

प्रहरीले शिशुलाई अस्पताल भर्ना गरेको छ भने शिशुको आमालाई पक्राउ गरेर सोधपुछ गरिएको जनाइएको छ ।

त्यहाँका प्रहरी प्रमुख (कप्तान) गेराल्ड फेकाकाअनुसार घटनास्थल पुग्दा माटो र केही काठका टुक्राहरुले पुरिएको अवस्थामा शिशु भेटिएको थियो ।

प्रहरीले खोजतलास गरेपछि ती शिशुकी आमाले आफ्नो अपराध स्वीकार्दै शिशु आफ्नो भएको बताएकी थिइन् । प्रहरीकाअनुसार ती महिलाले बाबु–आमाको डरले शिशु पुरेको बताएकी छन् ।

उनले पहिलो बच्चा हुर्काउन कठिन भइरहेकोबेलामा दोस्रो शिशु जन्मिएपछि गाली गर्ने डरले त्यसो गरेको बयान दिएकी छन् ।

शिशुलाई अहिले सेपस्टोन क्षेत्रीय अस्पतालमा इन्टेसिभ केयरमा युनिट (आइसीयु)मा राखिएको प्रहरीले जनाएको छ ।

अस्पतालले फेरि उनको आमाले त्यस्तै हर्कत गर्ने भन्दै प्रहरीलाई शिशुको जिम्मा लगाउने उल्लेख गरेको छ । (एजेन्सी)