
कञ्चनपुर, फागुन ८ । सुदूरपश्चिमका कञ्चनपुर र कैलालीमा हात्तीपाइले रोगका बिरामी देखिएका छन् । सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये कञ्चनपुर र कैलालीमा अहिले पनि हात्तीपाइले रोगका बिरामी भेटिएको एक तथ्यांकले देखाएको छ ।
स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांक अनुसार कञ्चनपुरमा कुल जनसंख्याको २.७८ प्रतिशत मानिसमा हात्तीपाइलेको संक्रमण देखिएको छ । हात्तीपाइले रोग निवारण अभियान सञ्चालनपछि कञ्चनपुरमा हात्तीपाइले रोगको बिरामीको संख्यामा कमी आए पनि निवारण हुन नसकेको स्वास्थ्य निर्देशनालय दिपायलका भिक्टर कन्ट्रोल हेमराज जोशीले बताए ।
उनले कञ्चनपुरमा अझै २.७८ प्रतिशत मानिसमा हात्तीपाईलेको संक्रमण देखिएको जानकारी दिए ।
यसअघि कञ्चनपुरमा २० प्रतिशत मानिसमा हात्तीपाइलेको संक्रमण थियो । जोशीका अनुसार सन् २०१३ देखि सञ्चालन भएको हात्तीपाइले रोग निवारण अभियान अन्तर्गत सन् २०१८ सम्म कञ्चनपुरमा २३ लाख २ हजार ७४० जनालाई औषधि खुवाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्