Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


सरकार र मोर्चाबीचको सहमतिलाई माओवादी केन्द्रद्वारा अनुमोदन


0
Shares

प्रधानमन्त्री निवास बालुवाटारमा आज (आइतबार)बसेको माओवादी केन्द्रको हेडक्वाटर बैठकले सरकार र मोर्चाबीच शनिबार भएको सहमतिलाई अनुमोदन गरेको हो ।

बैठकको शुरुमा प्रधानमन्त्री पुष्पकमल दाहालले मोर्चासँग भएको सहमतिबारे जानकारी दिएका थिए ।

उनले सबै राजनीतिक दलहरु निर्वाचनमा आउने वातावरण बन्नु देशकै लागि खुसीको कुरा भएको भन्दै अब सम्पूर्ण रुपले निर्वाचनमा होमिन नेताहरुलाई निर्देशन दिनुभएको बैठकपछि माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् ।

बैठकले सरकार र मधेसी मोचाीबीच भएको सहमतिलाई अक्षरसः कार्यान्वयन गर्न पार्टीका तर्फबाट आवश्यक पहल गर्ने निर्णय समेत गरेको छ ।