
चर्चित संगीतकार दीपक शर्माको शब्द तथा संगीतमा तयार भएको गीतमा गायक केशव भट्टले स्वर भरेका छन् । जसले सुदुर पश्चिमको ठेट कला संस्कृतिको महत्वलाई नजिकबाट केलाएको छ ।
भिडियोले प्रेमील जोडीलाई सम्मान गर्दै उमेर पुगेका युवा युवतीले किशोरावस्थामा देखाउने हाउभाउ मार्फत प्रेम आकर्षण नभई सामिप्यता गाँस्ने एउटा माध्यम पनि हो भन्ने कुरालाई देखाउन खाजेको छ ।
भिडियोलाई युवराज वाईवाले निर्देशन गरेका हुन् । पछिल्लो समय सांगीतिक यात्रालाई विशेष समय दिएर लागी परेका गायक भट्टको को फूल जस्तै कोमल माया बोलको गीतले यसअघि राम्रो चर्चा बटुलेको थियो ।
प्रतिक्रिया दिनुहोस्