
इटहरी उपमहानगरपालिका–४ आइतबारेस्थित विश्वआदर्श कलेजको परीक्षा केन्द्रमा सञ्चालन भइरहेको लिखित परीक्षामा परीक्षार्थीका नाममा नक्कली परीक्षार्थी भई हलमा परीक्षा दिइरहेको अवस्थामा सुनसरी बराह नगरपालिकाका पासाङ राई र धनकुटाका धनबहादुर राई पक्राउ परेको बताइएको छ ।
अभियुक्त दुवैलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालयका प्रहरी हिरासतमा राखेर आवश्यक सोधखोज र अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । (रासस)
प्रतिक्रिया दिनुहोस्