Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


प्रतिपक्षी दललाई थाहै नदिइ सहमति गर्नु गैरजिम्मेवारीपन : नेम्वाङ


0
Shares

इमेज च्यानलसँग कुरा गर्दै नेता नेम्वाङले सत्तापक्षले एकलरुपमा सहमति गरेर देश चलाउन खोज्नु बलमिच्याईमात्र हो भने । मधेशी मोर्चा चुनावमा आउनु सकारात्मक भए पनि के के विषयमा सहमति भयो भनेर सरकारले प्रमुख प्रतिपक्षी दललाई जानकारी नगराउनु दुःखद भएको उनको भनाइ छ ।

सरकारी कदमप्रति एमालेले केही दिनमै पार्टीमा छलफल गरेर टुंगो लगाउने जानकारी पनि उनले दिए । दुई चरणमा चुनाव गर्ने भन्ने विषयमा निर्वाचन आयोगको धारणा के हो भन्ने बाहिर आउनुपर्ने नेता नेम्वाङले बताए ।

जेठ १५ गते बजेट ल्याउने संवैधानिक व्यवस्था भएको र आचारसंहिता लागू भएका समयमा बजेट ल्याउने र त्यसपछि निर्वाचन गर्ने कुरा कसैगरी पनि नमिल्ने उनको भनाइ छ ।