आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा यही बैशाख ३१ गते र दोस्रो चरणमा आगामी जेठ ३१ गते चुनाव गर्ने निर्णय गरेको हो ।
अब प्रदेश नम्बर ३, ४ र ६ मा पहिलो चरणमा बैशाख ३१ गते चुनाव हुनेछ भने प्रदेश नम्बर १, २, ५ र ७ मा दोस्रो चरणमा जेठ ३१ गते चुनाव हुनेछ । बैठकले मधेशी दलहरुसँगको सहमति पनि अनुमोदन गरेको छ ।
बिहान ११ बजेका लागि बैठक बोलाइएको भएपनि सरकार र मधेशी मोर्चाबीच भएको सहमतिबारे प्रमुख प्रतिपक्षी एमालेको धारणासमेत लिन केही समय बैठक रोकिएको थियो ।
बैठक रोकेर प्रधानमन्त्री पुष्पकमल दाहाल एमाले अध्यक्ष केपी ओलीलाई भेट्न भक्तपुरस्थित ओली निवास बालकोट पुगेका थिए । सरकार र मधेशी दलहरुबीचको सहमति मन्त्रिपरिषदबाट पारित गर्नुपूर्व एमालेको पनि सहमति जुटाउन प्रधानमन्त्री दाहाल ओलीसँग छलफल गरेका हुन् ।
यसअघि प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारीहरुसँग पनि दोस्रो चरणको निर्वाचन गर्ने सम्बन्धमा छलफल गरेका थिए ।





प्रतिक्रिया दिनुहोस्