उनीहरुले संविधान संशोधन प्रस्ताव पारित भएपछि मात्र मोर्चा चुनावमा सहभागी हुने/नुहनेबारे सोच्न सकिने बताए ।
आइतबार विराटनगरमा संयुक्त मधेशी मोर्चा र संघीय लोकतान्त्रिक मोर्चाले संयुक्त रुपमा गरेको बिरोध सभामा नेताहरुले चुनावमा सहभागी हुनेबारे सरकारसँग कुनै सहमति नभएको दाबी गरेका हुन् । सभामा राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले संबिधान संशोधन र चुनावमा सहभागी हुने विषयमा सरकारसँग कुनै सहमति नबनेको दाबी गरे ।
यस्तै, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि सरकारले सहमति भएको भनि भ्रम फैलाइरहेको टिप्पणी गरे ।
सभामा मोर्चाका अन्य नेताहरुले पनि संविधान संशोधनपछि मात्र चुनावमा सहभागी हुने/नहुनेबारे निर्णय गर्ने बताएका थिए ।
सरकारले भने मधेसी मोर्चा र संघीय गठबन्धनसँग संविधान संशोधन र निर्वाचनमा सहभागी हुनेबारे सहमति जुटिसकेको भन्दै स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरिसकेको छ ।





प्रतिक्रिया दिनुहोस्