Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


‘मेलम्ची आयोजनाको ठेकेदार भगाइएको होइन’


0
Shares

काठमाडौं, फागुन ७ । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले मेलम्ची आयोजनाकोे ठेकेदार कम्पनी सीएमसीलाई भगाइएको नभइ ऊ आफैं आयोजना छाडेर गएको प्रस्ट्याएका छन् ।

मंगलबार मेलम्ची खानेपानीको समस्या र विवाद विषयमा काठमाडौंमा आयोजित एक अन्तरक्रियामा उनले मेलम्ची खानेपानी आयोजनाको विषयमा आधारहीन हल्ला फैलाइएको भन्दै गुनासो गरे ।

मेलम्ची खानेपानी आयोजनाले सीएमसीलाई तीन महिनाअघि नै भुक्तानी गरेको भए तीन महिनाअघि नै आयोजना छाड्नसक्ने भएकाले आयोजनाले भुक्तानी दिन ढिलाइ गरेको कँडेलको दाबी छ ।

यद्यपि, आयोजनामा फेरिपनि सीएमसीलाई ल्याएर काम टुंग्याउने प्रयासमा पनि सरकार लागिपरेको उनले जानकारी दिए ।