काठमाडौं, फागुन ७ । निरन्तर ‘वियरिष ट्रेन्ड’मा रहेको सेयरबजारमा मंगलबार भने दोहोरो अंकको सुधार आएको छ ।
उतार–चढावबीच नेप्से २२ अंकले उकालो लागेर ११ सय २४ कायम भयो ।
यसदिन कारोबार भएको सबै समूह सकरात्मक भएसँगै नेप्से सुधारिएको हो ।
यसदिन जीवनबिमा समूहमा सबैभन्दा उच्च २५१ अंकको सुधार आयो । यस्तै, निर्जीवन बिमा समूहपनि १५३ अंकले सुधारियो । होटल, जलविद्युत्, अन्य र लघुवित्त समूहमा पनि दोहोरो अंकको सुधार आयो ।
यसदिन १६७ कम्पनीका ७ लाख १४ हजार कित्ता सेयर २१ करोड ४५ लाख रुपैयाँमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्