Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


स्थानीयको अवरोधपछि सप्तकोसी नदी कटान नियन्त्रणको काम रोकियो


0
Shares

सुनसरीको श्रीलंका टापु आसपासका क्षेत्रमा भारतले गरिरहेको कोसी कटान नियन्त्रणको काममा उदयपुरको तपेश्वरीका बासिन्दाले अवरोध गरेका हुन् ।

स्थानीयको अवरोधपछि भारतले काम रोकेको छ । कोसी नदीले वर्सेनि सुनसरी, उदयपुर र सप्तरी जिल्लाको खेतीयोग्य जमिन कटान गर्नुका साथै मानव बस्तीमा समेत क्षति पुर्‍याएपछि भारत सरकारले एक महिना अगाडिदेखि कटान नियन्त्रणको काम सुरु गरेको थियो ।

१ अर्ब ६० करोड रुपैयाँको लागतमा भारतले सप्तकोसी कटान नियन्त्रणको काम सुरु गरेको हो ।

उदयपुरको तपेश्वरीका केही युवाहरुको समूहले ठेकेदारलाई धम्की दिएर काम अगाडि बढाउन नदिएपछि काम रोकिएको बताइएको छ ।

स्थानीय प्रशासनले सुरक्षाको व्यवस्था नमिलाएको आरोप ठेकेदार कम्पनीले लगाएको छ ।

काममा अवरोध भएपछि भारतीय अधिकारीहरुले सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीलाई भेटेर काम गर्ने वातावरण मिलाइदिन माग गरेका छन् ।