Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


ट्याङ्करमा ठोक्किएर सहचालकको मृत्यु


0
Shares

यसरी मृत्यु हुनेमा सोही ट्याङ्करका सहचालक बारा अमलेखगञ्जका १४ वर्षीय पुन्य शाह रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनको उपचारका क्रममा गएराति करिब ९ बजेको समयमा कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

उनको शवलाई अहिले परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । ट्याङ्कर चालक भने पूर्वी चितवनस्थित भण्डारा प्रहरीको नियन्त्रणमा रहेका छन् ।

यता चितवनको नारायणी नदीमा डुबेर आइतबार एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर दाङका अन्दाजी १७/१८ वर्षका जङ्गबहादुर बगडीको मृत्यु भएको प्रहरीले जनाएको छ । (रासस)