सोताङ गाउँपालिका–५ मसेदा निवासी ३० वर्षीया विष्णुमाया बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले जनाएको छ ।
घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । दुई महिनाको शिशुसहित घाइते सबैको उद्धार गरी जिल्ला अस्पताल फाप्लु ल्याइँदैछ ।
दूधकौसिका गाउँपालिका–८ दिप्लीघाटबाट कटारीका लागि छुटेको बा१२च ३६४७ नम्बरको बोलेरो उकालोमा ब्रेकफेल हुँदा दुर्घटना भएको घटनास्थलबाट ट्राफिक प्रहरी इन्चार्ज भेषबहादुर थापाले जानकारी दिए ।
जिप सडकदेखि करिब ७० मिटर तल खसेको थियो । रासस










प्रतिक्रिया दिनुहोस्