Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


लोकतन्त्रपछि पनि जनअपेक्षा पूरा भएन (भिडियो रिपोर्ट)


0
Shares

११ वर्षको अन्तरालमा संसारले अनेक प्रगति गरेर देखायो तर हामी अन्त्यहीन संक्रमणकालमा यसरी झुल्यौं कि यस नसाबाट मुक्त हुनै सकेका छैनौं ।

११ वर्षको दिव्य ४ हजार १५ दिनमा राजनीतिक दलका अनेक नेताले सिंहदरबारदेखि गाउँ तहसम्मको राज्यभोग गरे । तर, आम नागरिक जो आमूल परिवर्तनको सपनाको पछि लागेर सडकमा मृत्युको कपन बाँधेर दौडियो, उसले भने जीवनमा फरकपनको केही महसुस गर्न सकेकै छैन ।

आमसर्वसाधारणकै बोली सापट लिने हो लोकतन्त्रपछिको ११ वर्ष पनि उनीहरुका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ बनेको छ ।

लोकतन्त्रको ११ वर्ष राजनीतिक दलका नेताहरुका लागि भने निकै फलिफापसिद्ध भयो । मुख्य दलका शीर्ष भनिएका सबैले आलोपालो प्रधानमन्त्री हुने मौका पाए भने सयौंको संख्यामा अरु नेताले मन्त्री बन्न भ्याए ।

दल र नेताका आसेपासेले सभासद हुँदै सांसद अनि शुभलाभ मिल्ने स्थानको नियुक्तिदेखि ठेक्कापट्टसम्ममा कब्जा जमाए ।

११ वर्षको अवधिमा खर्बौं रकम शान्ति–प्रक्रियादेखि विकास अनि सहिद कारखानामा स्वाहा बनाइयो । तैपनि नागरिक अधिकार, दिगो शान्ति र विकासका लागि विश्वस्त आधार बन्न सकेन ।

त्यसैले त भुकुटीमन्डप आसपासको सडकलाई जीविकोपार्जनको आधार बनाउने उदयपुरकी लक्ष्मी राई लोकतन्त्रले आफूलाई छुन नसकेको गुनासो गर्छिन् ।

हेर्दाहेर्दै थुप्रै नेता सुकिला–मुकिला भएको देखिएपनि जनतास्तर भने उस्तै रहेको उनको गुनासो छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।