सोमबार काठमाडौंमा गरिएको निर्वाचन परिचालन तथा प्रशिक्षण कार्यक्रममा नेताहरुले सबै पक्षलाई समेटेर चुनाव गर्न लागिएकाले अब सम्पूर्ण ध्यान चुनावमा लगाउन आग्रह गरे ।
वक्ताहरुले नेपाली कांग्रेसकै प्रयासमा मधेसी मोर्चालाई चुनावमा ल्याउन सफल भएको भन्दै लामो समयदेखिको राजनीतिक संक्रमण अन्त्य हुने दिशामा गएको बताए ।
मुलुकलाई समृद्धिको दिशामा लैजाने अवसर आएको भन्दै यस अवसरलाई नगुमाउन सबै सचेत रहनुपर्ने उनीहरुको भनाइ थियो ।
नेविसंघ नेताहरुले गाउँगाउँ पुगेर पार्टीको एजेन्डा बुझाउन र प्रचार–प्रसारमा लाग्न कार्यकर्ताहरुलाई आग्रह गरे ।





प्रतिक्रिया दिनुहोस्