व्यवस्थापिका–संसदको सोमबारको बैठकमा विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले सरकारी प्रस्ताव पारित भए ‘नरहे बाँस नबझे बाँसुरीको अवस्था हुने’ चेतावनी दिए ।
‘बाहिर दल मिल्न खोज्दैछन् भन्ने भ्रम पार्दै सरकारले एमालेलाई एक्ल्याउन खोजेको’ आरोप पनि ओलीले लगाए ।
उनले ‘चुनावकै बीचमा लोकप्रिय बजेट ल्याएर प्रभावित तुल्याउन खोजिएको’ भन्दै लोकतन्त्रमा कुन विधिबाट यस्तो गर्न मिल्छ ? भनी प्रश्न गरे ।
निर्वाचनका लागि आवश्यक पर्ने विषय संशोधन गर्न सकिने उनको भनाइ थियो ।
मिति घोषणा भएपछि स्थानीय तहको संख्या बढाउन नसकिने प्रस्ट गर्दै अध्यक्ष ओलीले ‘सरकार कानुन नमान्ने र चितवनमा आतंक मच्चाउने ध्रुबेहात्तीजस्तो भएको’ टिप्पणी गरे ।
स्थानीय तहको अधिकार खोस्ने काम संविधानविपरीत हुने भन्दै उनले भाषालाई अनुसूचीमा राख्न सकिएपनि सबै भाषा सरकारी कामकाजको भाषा मान्न नसकिने प्रस्ट गरे ।
डीआइजी नवराज सिलवाललाई पक्राउ गरिएकोप्रति आपत्ति जनाउँदै अध्यक्ष ओलीले ‘कानुनी सहायता लिन गएका डीआइजीको त यो हाल छ भने अरु जनताको त के होला ?’ भनेर प्रश्न गरे ।
भिडियो हेर्नुहोस्





प्रतिक्रिया दिनुहोस्