सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले संसदको सोमबारको बैठकमा सो संशोधन प्रस्ताव प्रस्तुत् गर्दै संविधान कार्यान्वयन प्रक्रिया सरलीकृत बनाउन र संविधानको सर्वस्वीकार्यता बढाउन संविधान संशोधन ल्याइएको बताए ।
संविधान कार्यान्वयन गरी निर्वाचनमा सबैलाई सहभागी हुने र निर्वाचनका लागि उपयुक्त वातावरण हुने गरी संशोधन ल्याइएको उनको तर्क थियो ।
यसअघि, संशोधन प्रस्ताव प्रस्तुत् गर्न अनुमति माग्ने प्रस्तावमाथि नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापामगरले प्रस्तुत् गरेको विरोधको सूचनालाई संसदको बहुमतले अस्वीकृत गरेको थियो ।
बैठकमा सांसद सुवालले संशोधन द्रुतमार्गमा पारित गर्नु लोकतन्त्रविपरीत हुने बताउँदै सीमांकन गर्दा प्रदेशको सहमति नचाहिने र स्थानीय तह बढाउने संशोधनका प्रावधानप्रति आपत्ति जनाउँदै नागरिकतालाई सजिलो र सस्तो नबनाउन माग गरे ।
सोमबारको बैठकले ‘विद्युत् नियमन आयोग विधेयक, २०७३’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बैठकमा व्यवस्थापिका–संसद, वातावरण संरक्षण समितिका तर्फबाट गणेशप्रसाद विमलीले ‘वनस्पति विधेयकलाई फिर्ता लिनेसम्बन्धी समितिको प्रतिवेदन, २०७३’ पेस गरेका थिए ।
संसदको अर्काे बैठक यही वैशाख १२ गते अपराह्न १ बजे बस्नेछ । रासस





प्रतिक्रिया दिनुहोस्