५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


‘पुरानो बुलेट’को ट्रेलर सार्वजनिक


0
Shares

काठमाडौं, फागुन ७ । नेपाली चलचित्र ‘पुरानो बुलेट’को ट्रेलर सार्वजनिक भएको छ ।

यु–ट्युबमा हालै सार्वजनिक ट्रेलरमा बुलेट बाइकका पारखी एक युवकको जीवनमा आउने उतार–चढाव देखाइएको छ ।

प्रेम, हास्य, द्वन्द्व, सामाजिक परिवेशका विभिन्न घटनालाई ट्रेलरमा उतारिएको छ ।

‘पुरानो बुलेट’मा अनुपविक्रम शाही, वर्षा शिवाकोटी, माला लिम्बू, कृष्णभक्त महर्जन, कविता आले, शिव मुखिया, शिरोमणि दवाडीलगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

आगामी चैत १ गते सार्वजनिक प्रदर्शनमा आउने जनाइएको चलचित्रलाई भीषण राईले निर्देशन गरेका हुन् ।

अशोककुमार राई, टीकाराम राई, वीरेन साम्बा र दीपेन लिम्बू निर्माता रहेका चलचित्रको कार्यकारी निर्मातामा सन्तोष राई छन् ।

सन्तोष राई र निर्देशक भीषणको कथा तथा पटकथा रहेको ‘पुरानो बुलेट’का छायाकार हरि घले लामा हुन् । अर्जुन जिसीको सम्पादनमा चलचित्र बनेको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नोस्