Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


अपहरण अभियोगमा चारजना पक्राउ


0
Shares

पक्राउ पर्नेमा झापा मेचीनगर–८ का भूपू कान्छा भनिने अजय राई, जिल्ला प्रशासन कार्यालयमा कार्यरत् खरिदार तेजेन्द्र न्यौपाने, भद्रपुर–६ का प्रेम न्यौपाने र मेचीनगर ४ का राजु कुँवर छन् ।

मुख्य योजनाकार मानिएका श्रीअन्तु–१ इलाम स्थायी घर भइ हाल बिर्तामोड–५ मा बस्दै आएका पुजन घिमिरे, झापा, बिर्तामोड–५ का अग्नि भनिने राजु आचार्य, झापा, भद्रपुर–१० का टिका लुइँटेल, झापा, अर्जुनधारा–१ का शम्भु दाहाल, झापा, भद्रपुर–२ का लक्ष्मण बस्नेत र झापा, बिर्तामोड–६ का ओम शिवाकोटी फरार रहेको जिल्ला प्रहरी प्रमुख एसपी शैलेश थापाले जानकारी दिए ।

झापा शनिश्चरे–९ का जीवन विष्टलाई अपहरण गरी बन्धक बनाएर उनको नाममा रहेको करिब १५ करोड रुपैयाँ मूल्यपर्ने जग्गा जबर्जस्ती किर्ते कागजमा सहिछाप गर्न लगाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

विष्टले चैत २५ गते पाँचजनाविरुद्ध इलाका प्रहरी कार्यालय बिर्तामोडमा जाहेरी दिएका थिए ।