
मन्त्री कार्कीले नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुगेर कलाकार सिंहप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले कला क्षेत्रमा पुर्याएको उल्लेख्य योगदानको स्मरण गरे ।
कलाकार सिंहको ५९ वर्षका उमेरमा भारतस्थित कोलकाता मेडिकल एन्ड रिसर्च सेन्टरमा उपचारकाक्रममा शुक्रबार निधन भएको थियो ।
सिंहको पार्थिव शरीर सोमबार नेपाल ल्याइ श्रद्धाञ्जलिका लागि प्रज्ञा–प्रतिष्ठानमा राखिएको थियो ।
सिंहले ‘पच्चिस वसन्त’, ‘दुई थोपा आँसु’, ‘कोसेली’, ‘चिनो’, ‘रहर’, ‘बुहारी’, ‘पद्यमिनी’लगायत चलचित्रमा अभिनय गरेको नेपाल कलाकार संघका महासचिव सरिता लामिछानेले जानकारी दिइन् ।
वि.सं. २०१५ असार १५ गते काठमाडौं, बौद्धमा जन्मिएका सिंहका श्रीमती, दुई छोरी र एक छोरा छन् । रासस
प्रतिक्रिया दिनुहोस्