Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


भूकम्पको दुई वर्ष : सम्पदा पुनर्निर्माणको काम सुस्त (भिडियो)


0
Shares

काठमाडौंको बसन्तपुर दरवार क्षेत्र पुग्दा सबैको मन अमिलो हुन्छ । दरवार क्षेत्र वरिपरीका मन्दिरहरुलाई टेको लगाएर जोगाउने प्रयासबाहेक अरु काम हुन सकेको छैन । भूकम्पका कारण ८ सय ५० सम्पदामा क्षति पुगेको थियो । तीमध्ये केही सम्पदामात्र पुनर्निर्माण गर्न सुरु गरिएको छ । तर पुरातत्व विभागमा अधिकारीहरु भने पुनर्निर्माणको काम दु्रत गतिमा अघि बढेको दाबी गरिरहेका छन् ।

भूकम्पका कारण १ सय ५० सम्पदामा पुर्ण रुपमा क्षति पुगेको थियो भने १ सय ५० भन्दा बढी सम्पदामा आशिंक क्षति पुगेको पुरातत्व विभागले जनाएको छ । १० अर्ब लागतमा पुनर्निर्माण गर्ने योजना बनाइएको र अबको ७ बर्षभित्र काम सक्ने गरी पुनर्निर्माणको काम थालिएको विभागको भनाइ छ ।

सम्पदा पुनर्निमाणका लागि दाताहरुबाट अधिकांश स्रोतको जोहो गरिएको छ । चीनको सहयोगमा नौ तले दरवार, अमेरिकाको सहयोगमा हनुमान ढोकाको गद्दी बैठक, स्वयम्भुको आन्दन विहार कुटी र श्रीलंकाको सहयोगमा बुङ्मतीको मच्छेन्द्रनाथ मन्दिर पुनर्निर्माण सुरु गरिएको छ ।

निकै पछिमात्रै रानी पोखरी पुनर्निर्माणको जिम्मा पाएकाले काममा केही ढिलाई भएको पुरातत्व विभागका अधिकारीले जनाएका छन् । रानी पोखरी पुनर्निर्माणका लागि टेन्डर आह्वानसम्म गरिएको छ ।

विस्तृत रिपोर्ट भिडियोमा हेर्नुहोस्