
काठमाडौं, फागुन ७ । कर्मचारी समायोजनको विरोध गर्दै आन्दोलित सरकारी चिकित्सकहरुको माग छिटै सम्बोधन गर्ने तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. महेन्द्रप्रसाद श्रेष्ठले मंगलबार हामीसित कुरा गर्दै सरकारी चिकित्सकहरुले उठाएका माग सम्बोधन गर्न लागिपरेको जानकारी दिए ।
८ देखि ११औं तहसम्मका सरकारी चिकित्सकलाई प्रदेश तथा गाउँपालिकामामात्र खुम्च्याउने गरी कर्मचारी समायोजन गरेको भन्दै उनीहरुले विरोध गर्दै आएका छन् ।
माग सम्बोधन नगरे आगामी आइतबार सामूहिक राजीनामा दिने निर्णयसमेत सरकारी चिकित्सकहरुले गरेका छन् ।
मंगलबार विरोध कार्यक्रमकाक्रममा उनीहरुले माइतीघर मन्डलामा सामूहिक रक्तदान गरे ।
प्रतिक्रिया दिनुहोस्