१५ सय बर्ष पुरानो निरन्तरता रहेको अग्निशालाको अलग्गै किंवदन्ती रहेको छ ।
घरमा आगो सल्काउन अँगेनुमै आगो जीवित राख्नु वा नभए छिमेकीकहाँबाट आगो पैंचो लिने परम्परा अन्त्य भएको धेरै भएको छैन । नेपालको ग्रामीण भेगमा अझै कतैकतै यो परम्परा जीवित हुनसक्छ । तर राजधानीमा, त्यो पनि एक्काइसौ शताब्दीको प्रविधिले छलाङ मारेको समयमा निरन्तर अग्नि प्रज्वलित भइरहन्छ भन्ने सुन्दा आश्चर्य लाग्नु स्वाभाविक नै हो । जसको उद्देश्य त्यही परम्परा धान्नुसँग जोडिएको छ ।
घरमा चुलो बाल्ने अर्को वैकल्पिक उपाय नहुँदा केही दशक पहिलेसम्म उपत्यकाभित्रका स्थानीयले आगो लिन जाने स्थानसँग अग्निशालाको इतिहास जोडिएको छ । ललितपुर, कुमारीपाटीस्थित अग्निशालाले त्यही प्राचीनतम इतिहासलाई ब्यूताउँने काम गरिरहेको छ जहाँ, अहिले पनि आगो निभ्न दिइदैन ।
सूर्य कुण्ड, रुद्र कुण्ड, ब्रह्म कुण्ड, विष्णु कुण्ड र सभ्य कुण्ड जस्ता भगवानको नामसँग जोडेर यो अग्निशालालाई निरन्तरता दिइदै आएको हो । बिष्णु कुण्डमा २४ सै घन्टा आगो बालिने र दैनिक होम जप गरिने अग्निशाला व्यवस्थापन समितिका सचिव भूषणनाथ शर्माले जानकारी दिए ।
अग्निशालामा पूजा गर्न पुग्ने भक्तजनमा पनि यहाँ पूजा गर्दा आफ्नो र परिवारको ग्रहदशा काटिने विश्वास बोक्दछन् ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्










प्रतिक्रिया दिनुहोस्