पार्टी कार्यालय सानेपामा बसेको शीर्ष नेताहरुको बैठकले पार्टीलाई बहुमत ल्याउने गरी जुट्न निर्देशन दिएको हो । बैठकले जिल्ला, प्रदेशमा उम्मेदवार चयन गर्न र पार्टीका आधिकारिक निर्णय कार्यान्वयन गर्न यसअघि दिएको निर्देशन संशोधन गर्ने निर्णय गरेको छ ।
पार्टीलाई निर्वाचनमा परिचालन गर्न र ग्रामिण तहसम्म पार्टी गतिविधि पुर्याउनका लागि संयन्त्र गठन गर्न नेताहरुले जोड दिएका छन् । बैठकपछि कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले गुट उपगुटभन्दा माथि उठेर जित्ने व्यक्तिलाई उम्मेदवार बनाउन पार्टीले तल्ला कमिटीहरुलाई निर्देशन दिइएको जानकारी दिए ।
पार्टीले यसअघि नै उम्मेदवार चयन गर्न जिल्ला र प्रदेशलाई जिम्मेवारी दिइसकेको छ । बैठकमा स्थानीय तह निर्वाचनसम्बन्धी मंगलबार सार्वजनिक गरिने घोषणा पत्र र निर्वाचनमा नेपाली कांग्रेसले बनाउनु पर्ने रणनीतिबारे पनि छलफल भएको थियो ।





प्रतिक्रिया दिनुहोस्