राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी मुस्लिम समुदायसँग गरिएका सम्झौता कार्यान्वयन गर्न आग्रह गरेको हो । गठबन्धनले राष्ट्रिय सभाको विशेषाधिकारका रुपमा सरकारले छुट्याएको आरक्षित कोटामा मुस्लिम समुदायलाई बेवास्ता गरेको भन्दै थप गर्न आग्रह गरेको छ ।
अल्पसंख्यक, दलित र विभिन्न जातजातिका लागि आरक्षण कोटा दिए पनि मुस्लिम समुदायलाई भने बाहिर राखिएको आरोप गठबन्धनले लगाएको छ ।
सरकारले राष्ट्रियसभाको विशेषाधिकारअन्तर्गत २१ सदस्य विभिन्न प्रदेशबाट प्रतिनिधित्व हुने गरी दलित र अल्पसंख्यकका लागि छुट्याएको छ । त्यसैगरी गठबन्धनले सरकारले जेठ ३१ गते घोषणा गरेको दोस्रो चरणको निर्वाचन अगाडि सार्न पनि आग्रह गरेको छ ।
जेठ १३ गतेदेखि मुस्लिम समुदायको एक महिने मुख्य पर्व रामजानको रोजा ब्रत शुरु हुने भएकाले निर्वाचन कार्यतालिका हेरफेर गर्न सरकारसँग गठबन्धनले आग्रह गरेको हो । व्रतको समयमा निर्वाचनमा मुस्लिम समुदाय उम्मेद्वार बन्न र मत हाल्न बन्चित हुने गठबन्धनका अध्यक्ष समिम अन्सारीको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्