Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


संसदमा एमालेको अवरोध, बैठक बुधबारसम्मका लागि स्थगित


0
Shares

                                                                                फाइल फोटो
संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले विशेष कारणवश संसद बैठक स्थगन गरिएको सूचना प्रकाशित भएको जानकारी दिए ।

यसअघि, मंगलबार संसद बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद गंगालाल तुलाधरले सरकारले सदनमा दर्ता गराएको संविधान संशोधनको प्रस्ताव जायज नभएको भन्दै त्यसप्रति विरोध जनाए ।

सम्बन्धित मन्त्रीले संविधान संशोधनको प्रस्तावका सम्बन्धमा सदनलाई जानकारी नगराइकन बैठक अगाडि जान नसक्ने तर्क पनि उनले दिए ।

उनको सो भनाइलगत्तै एमालेका सांसदहरु आ–आफ्नो ठाउँबाट उभिए । सभामुख ओनसरी घर्तीले पटक–पटक आशनग्रहण गर्न आग्रह गरे पनि उनीहरु नमानेपछि बैठक १५ मिनेटका लागि स्थगन गरिएको थियो ।

संविधान संशोधनका विषयमा आफूहरुसँग कुनै सल्लाह नगरेको बताउँदै आएको एमालेले त्यसबारेको जानकारी माग गरेको हो । रासस