१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


आऊ मेरो पुरस्कार फिर्ता लिएर जाऊ : अक्षय कुमार


0
Shares

अक्षयले आफूले भारतीय सिनेमामा लगातार २५ वर्षदेखि मिहेनत गरेको भन्दै ‘यदि कसैलाई पुरस्कारको लागि योग्य नभएकोजस्तो लाग्छ भने आएर आफ्नो पुरस्कार फिर्ता लैजान’ आग्रह गरेका हुन् ।

पुरस्कारको विषयलाई लिएर आलोचना बढेपछि उनले हरेक वर्ष यस्ता आलोचना हुने गरेको बताए ।

उनले मुम्बईस्थित मूभी स्टन्ट आर्टिस्ट संघले सोमबार आयोजना गरेको कार्यक्रममा आलोचना गर्नेहरुलाई कडा जवाफ दिएका हुन् ।

कार्यक्रममा उनले भने–‘मैले बलिउडमा निरन्तर २५ वर्षदेखि मिहेनत गर्दै आएको छु, यदि कसैलाई म पुरस्कारको लागि योग्य छैन भन्ने लाग्छ भने आएर मेरो पुरस्कार फिर्ता लिएर जाऊ, म दिन्छु ।’

उनले नौसेना कमान्डर के एम नानावतीको घटनामा आधारित बायोपिक फिल्म ‘रुस्तम’बाट उत्कृष्ट अभिनेता शीर्षकमा हालै राष्ट्रिय पुरस्कार पाएका थिए ।

उनले २५ वर्षे आफ्नो फिल्मी करिअरमा पहिलोपटक राष्ट्रिय पुरस्कार पाएका हुन् । (एजेन्सी)