२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


राजपाले छाता चुनाव चिह्न नपाउने, यस्तो छ निर्वाचन आयोगको अडान (भिडियो)


0
Shares

तर, आयोगले छापिसकेको मतपत्र, मतदाता नामावली र मतदाता परिचयपत्र नै प्रयोग गर्ने प्रस्ट पारेको छ । यस्तै, आयोगले नयाँ दललाई चुनाव चिह्न दिन नसक्ने जनाएको छ ।

तत्काल कानुन संशोधन सम्भव नभएकाले नयाँ चुनाव चिह्न र मतपत्र छापेर निर्वाचन गर्दा निर्वाचन प्रभावित हुने भन्दै आयोगले दल दर्ता, मतपत्र र चुनाव चिह्नमा कुनै हेरफेर गर्न नसकिने स्पस्ट पारेको हो ।

निर्वाचन आयोगको यो निर्णयसँगै केही दिनअघिमात्र ६ मधेसकेन्द्रित दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा)ले पनि आफूले चाहेको चुनाव चिह्न नपाउने भएको छ । राष्ट्रिय जनता पार्टीले चुनावका लागि छाता चुनाव चिह्न तय गरेको थियो ।

तर, आयोगको निर्णयप्रति राष्ट्रिय जनता पार्टीको खासै विमति छैन ।

राष्ट्रिय जनता पार्टीका नेता विमल श्रीवास्तवले प्राविधिक समस्याहरु सहमतिका आधारमा समाधान गर्न सकिने प्रतिक्रिया दिए ।

राष्ट्रिय जनता पार्टीले आपसी सहमति गरेर यसअघि निर्वाचन आयोगले दिएको चुनाव चिह्न लिएर चुनावमा जाने तयारी गरेको छ ।

सरकार र मधेसी मोर्चाबीच स्थानीय तहको संख्या बढाउने सहमति भएको थियो । तर, निर्वाचन आयोगले भने स्थानीय तहको संख्या बढाए जेठ ३१ गते दोस्रो चरणको चुनाव गर्न नसकिने जनाएको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्)