
जनकपुर, फागुन ७ । धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुर मगर टोलमा ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीले बटेश्वर गाउँपालिका–४ बैगाली टोलका २२ वर्षीय निरज जर्घा मगरलाई मंगलबार सार्वजनिक गरेको हो । फागुन २ गते रेशमा भन्ने दुतिया रसाईलीको बलात्कारपछि हत्या गरी उनको शव जलेको अवस्थामा फेला परेको थियो ।
प्रहरीको संयुक्त टोलीले घटनाको चार दिनपछि सोमबार साँझ भारततर्फ जान लागेको अवस्थामा निरजलाई पक्राउ गरेको थियो । गाउँमा भएको विवाहमा गएकी बालिकालाई खानेकुरा किनेर नजिकैको खेतमा लगेर बलात्कार गरी हत्या गरेको र उनको शव जलाएको प्रहरीले जनाएको छ ।
घटनाका अभियुक्त निरज लागूऔषध सेवनकर्ता र आपराधिक गतिविधिमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्