Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


निर्बाचनमा सक्दो सहयोग गर्ने नरेन्द्र मोदीको बचन


0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाललाई मंगलबार अपराह्न टेलिफोन गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालमा लामो समयपछि हुन लागेको स्थानीय निर्वाचन गर्न आफ्नो सक्दो सहयोग हुने बताएका हुन् ।

मोदीसँगको फोनवार्तामा प्रधानमन्त्री दाहालले देशमा निर्वाचनको लहर आइसकेको भन्दै तोकिएकै समयमा चुनाव गरी संविधान कार्यान्वयन गरिने बताएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

टेलिफोन कुराकानीमा मोदीले सबै राजनीतिक शक्तिलाई मिलाएर निर्वाचनमा जानु प्रधानमन्त्री दाहालको सफलता रहेको भन्दै निर्वाचनमा भारतको पूर्ण सहयोग र सद्भावना रहने बताउनुभएको बताइएको छ ।

यता, मोदी र प्रधानमन्त्री दाहालबीच टेलिफोन वार्ता हुनेसाथ नवगठित राष्ट्रिय जनता पार्टीका नेता भारतीय दूतावास पुगेको खबर सार्बजनिक भएको छ ।

स्रोतका अनुसार नेता महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, अनिलकुमार झा, राजकिशोर यादव र शरत्सिंह भण्डारी साँझ छ बजे लैनचौर पुगेका हुन् ।

लैनचौरमा राजपा र भारतीय राजदूत मञ्जिव सिंह पुरीबीच करिब दुई घन्टा छलफल भयो ।

भारतीय राजदूत पुरीले सहमतिअनुसार सरकार अगाडि बढेकाले चुनावमा सहभागी भइदिन नेताहरूलाई आग्रह गरेको स्रोतको दाबी छ ।

सोही समयमा राजपा नेताहरुले दुतावासभित्रैवाट नयाँ दिल्लीमा ‘कन्फरेन्स कल’मार्फत संवाद गरेको समेत स्रोतको दावी छ ।