२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


महिला र दलितका अधिकारबारे दुर्गम गाउँमा चेतनाको अभाव


0
Shares

विगतमा केन्द्रीकृत र एकात्मक राज्यले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै दलित र महिलाका थुप्रै अधिकारहरु सुनिश्चित गरेको भएपनि गाउँ गाउँमा त्यसबारे सबैलाई जानकारी नभएको सहभागीको जोड छ ।

सदरमुकाम म्याङलुङ्गमा भएको नयाँ संविधानमा दलित तथा महिला अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रममा अधिकांश वक्ताहरुले नयाँ संविधानमा व्यवस्था भएका महिला र दलितका हक अधिकारबारे सबैलाई सुसुचित गराउन राज्यले नै पहल गर्नुपर्ने धारणा राखेका छन् ।

सहभागीले आसन्न स्थानीय तहको निर्वाचनमा हरेक वडाबाट एक दलित महिलासहित दुई महिला अनिवार्य निर्वाचित हुने व्यवस्था महिलाका लागि महत्वपुर्ण उपलब्धि भएको बताएका छन् ।

जिल्ला समन्वय समितिको कार्यालय र एक्सनएड नेपालसँगको सहकार्यमा दलित सचेतना समाज नेपालले कार्यक्रमको आयोजना गरेको हो