नरेश पटेलको घरको चुल्होबाट सल्केको आगो फैलदा २५ घर जलेका हुन् । आगलागीबाट ५० लाख रुपैयाँ बराबरको क्षति भएको वताइएको छ ।
आगलागीमा जादोलाल पटेलको घरमा राखिएको २ लाख नगदसहित दुइवटा बाख्रा समेत जलेको प्रहरी निरिक्षक ऋषिराम ढुंगानाले बताए ।
वीरगन्ज तथा कलैयाबाट पुगेको बारुणयन्त्र, जनपथ प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली र स्थानीयको सहयोगमा दुई घन्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्