३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


जग्गा व्यवसायी कार्कीको १५ लाख लुटियो


0
Shares

मंगलबार दिउँसो १२ बजे नारायणगढको शहिद चोकस्थित नविल बैंकबाट पैसा झिकेर फर्कने क्रममा १५ लाख रुपैयाँ लुटिएको हो ।

कार्कीका गाडी चालक प्रेमबहादुर पौडेलले चेक साटेर बैंक अगाडि पार्किङ स्थलमा राखिएको बा १२ च ५९२४ नम्बरको निलो स्कार्पियो गाडी भित्र पैसा राखेका थिए ।

गाडी चलाएर हिड्ने क्रममा पछाडीबाट एक व्यक्तिले गाडी पन्चर छ भनेपछि चालक पौडेल चक्का हेर्न जाँदा ति व्यक्ति पैसा लुटेर फरार भएको व्यवसायी कार्कीले बताए । लुटेराको खोजी भइरहेको चितवन प्रहरीले जनाएको छ ।