Logo १८ आश्विन २०८३, आइतबार | Mon Oct 5 2026


नुहाउने क्रममा सप्तकोसीमा बगेकी बालिका मृत फेला


0
Shares

बुधबार दिउँसो २ः३० बजेतिर सप्तकोसी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएपछि खोजतलास गर्ने क्रममा ४ः१५ बजे बगेको स्थानदेखि दुईसय मिटर दक्षिणमा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

नदीमा साथीहरुसँगै नुहाउने क्रममा बगेकी बालिकाको लासलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोलीले फेला पारेर शवपरीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको पनि जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

घटनाका विषयमा प्रहरीले स्थानीयवासीसँग सोधखोज एवम् अनुसन्धान जारी राखेको पनि कार्यालयले जनाएको छ । (रासस)