Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


स्थानीयको अवरोधपछि प्रहरी परिचालन गरेर सप्तकोशी कटान नियन्त्रण गरिदैं


0
Shares

सुनसरीको श्रीलंका टापु आसपासका क्षेत्रमा भारतले कोसी कटान नियन्त्रणको काम अघि बढाइरहेका बेला उदयपुरको तपेश्वरीका स्थानीयले अवरोध गरेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरी खटाएर सुरक्षा दिएको हो । त्यसपछि ठेकेदारले काम अघि बढाएको बताइएको छ ।

बर्सेनि सप्तकोसी नदीले सुनसरी, उदयपुर र सप्तरीको खेतीयोग्य जमिन कटान गर्नुका साथै मानव बस्तीमा समेत क्षति पुर्‍याउँदै आएको छ । १ अर्ब ६० करोड रुपैयाँ लागतमा भारतले सप्तकोसी कटान नियन्त्रणको काम अघि बढाएको र समयमै सम्पन्न गर्ने अधिकारीहरुले जनाएका छन् ।