१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


बलिउड अभिनेता विनोद खन्नाको निधन


0
Shares

७० वर्षको उमेरमा उनको निधन भएको हो । मुम्बईको सर एच एन रिलायन्स फाउन्डेसन अस्पतालका अनुसार स्थानीय समयअनुसार ११ बजेर २० मिनेटको समयमा उनको निधन भएको हो ।

केही समय यता उनी अस्वस्थ्य थिए ।

पेशावरमा जन्मिएका उनले बलिउडमा एक सय ४० भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए ।

उनी राजनीतिमा समेत सक्रिय थिए । सन् १९९७ मा भारतीय जनता पार्टीमा सामेल भएका उनले पञ्जावको गुरुदासपुर सिटबाट चार पटक लोकसभा सदस्यमा चुनाव जितेका थिए ।