Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


तलब नपाएको भन्दै शिक्षकले रोके परीक्षा


0
Shares

विश्वविद्यालयमा गत बैशाख १० गतेबाट सुरु भएको अन्तिम परीक्षा शिक्षकहरुले आफुले थप कक्षा संचालन गरे वापत तलब नपाएको भन्दै विहीबार (आज) राकेका हुन् ।

विज्ञान तथा प्रविधि अन्र्तगत कम्प्युटर पढाउने दुई जना शिक्षकले दैनिक ६ वटासम्म अतिरिक्त कक्षा संचालन गरेको भन्दै पारिश्रमिक मागेका थिए ।

पटक–पटक आग्रह गर्दा पनि पारिश्रमिक नपाएपछि परीक्षा रोकेको शिक्षकहरुले जनाएका छन् ।

सुदुरपश्चिम विश्वविद्यालय शिक्षा विभागका प्रमुख शिलनिधि चन्दले आफु केही दिन व्यक्तिगत कामले भारत गएको भन्दै यसवारे केही जानकारी नभएको वताएका छन् ।