१३ जेष्ठ २०८१, आइतबार | Sun May 26 2024


गंगामायाको स्वास्थ्य अवस्था बुझ्न पूर्वराष्ट्रपति यादव वीर अस्पताल पुगे


0
Shares

काठमाडौं, असार २० । पूर्वराष्ट्रपति डा. रामवरण यादवले विगत ३७ दिनदेखि अनशनरत् गंगामाया अधिकारीको स्वास्थ्य अवस्थाकाबारेमा जानकारी दिएका छन् ।

बुधबार वीर अस्पताल पुगेर उनले अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेत र गंगामायाको उपचारमा संलग्न चिकित्सक डा. ममन गोर्खालीलाई भेटेका हुन् ।

गंगामायाको स्वास्थ्य अवस्था बुझेपछि डा. यादवले सरकारले अतिसंवेदनशील विषयमा पनि चासो नदेखाएको बताए ।

अनशनकैक्रममा गंगामायाका श्रीमान् नन्दप्रसादको मृत्यु भएको र शव अझै त्रिवि शिक्षण अस्पताल महराजगन्जमा रहेकाले त्यसको जिम्मा सरकारले लिनुपर्ने उनको भनाइ छ ।

गंगामायालाई  वीर अस्पतालको आइसीयुकक्षमा राखिएको छ । थप ‘इन्फेक्सन’ हुन नदिनले प्रयास भइरहेको चिकित्सकहरुले बताएका छन् ।

वि.सं. २०६१ सालमा तत्कालीन विद्रोही माओवादीबाट मारिएका छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग राख्दै उनी अनशनमा बसेकी हुन् ।