प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मेलनमा भाग लिन उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरालाई नेपालका तर्फबाट प्रतिनिधिमण्डलको नेतृत्व गरी चीन जान निर्देशन दिएका छन् ।
सम्मेलनमा भाग लिन चीनका राष्ट्रपतिले प्रधानमन्त्रीलाई निम्तो दिए पनि निर्वाचनका कारण उनी सहभागी हुन नसक्ने भएकाले महरा त्यसतर्फ जान लागेका हुन् ।
यसै सन्दर्भमा चाइना स्टडी सेन्टरले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उपप्रधानमन्त्री महराले ओबिओआर परियोजना नेपालको आर्थिक विकासमा लागि ठूलो अवसर भएको बताए । उनले चीनसँगको कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ बनाउन र लगानीको वातावरण तयार पार्ने सरकारको योजनालाई परियोजनाले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।










प्रतिक्रिया दिनुहोस्