Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


जेठ ३१ गते निर्वाचन गर्ने निर्णयप्रति मुस्लिम गठबन्धनको असन्तुष्टि


0
Shares

जेठ १३ गतेदेखि मुस्लिम समुदायको एक महिने रमजानको व्रत सुरु हुने भन्दै रमजान महिनामा निर्वाचनसम्बन्धी क्रियाकलाप गर्न मुस्लिम समुदायलाई कठिन हुने उनीहरुको भनाइ छ ।

राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले शुक्रबार प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवलाई ज्ञापनपत्र बुझाएर रमजान सुरु हुनुभन्दा पहिले वा रमजान सकिएपछि निर्वाचनको मिति तय गर्न आग्रह गरेको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले गठबन्धनको मागप्रति आफू सकारात्मक रहेको र यसबारे दलका शीर्ष नेताहरुसँग छलफल गर्ने आवश्वान दिए ।

मुस्लिम समुदायको एक महिने रमजान जेठ १३ गतेदेखि सुरु भएर असार १२ गते सम्पन्न हुनेछ ।