Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा के भयो ?


0
Shares

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा बालुवाटारमा बसेको सर्वदलीय बैठकमा संविधान संशोधन, स्थानीय निर्वाचन र बजेटबारे छलफल भएको हो ।

छलफल सकारात्मक भएपनि कुनै निश्कर्षमा पुगिनसकेको नेताहरुले बताएका छन् ।

सत्तापक्षले बैठक सहमतिउन्मुख भएको दाबी गरेको छ भने विपक्षी दलहरुले यथास्थितिमा संविधान संशोधन गर्न नहुने अडान यथावत् राखेका छन् ।

बैठकपछि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले छलफल सकारात्मक भएको र संविधान संशोधन प्रस्ताव पारित हुने दाबी गरे ।

तर, एमाले नेता अग्नि खरेलले भने सत्तापक्ष एकलौटी ढंगले अघि बढेको भन्दै यथास्थितिमा संविधान संशोधन र दुई चरणमा निर्वाचन गर्ने विषय आफूहरुलाई स्वीकार्य नभएको बताए । सत्तापक्ष जिम्मेवारीपूर्वक प्रस्तुत् हुनुपर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले मुलुकको पछिल्लो राजनीतिक अवस्थाकाबारेमा छलफल गर्न व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेतालाई बैठकमा बोलाएका हुन् ।