
बाहुबली दर्शकहरुले अहिलेसम्मकै सबैभन्दा बढी प्रतिक्षा गरेको फिल्म बनेको छ । फिल्ममा सकैभन्दा ठूलो मानिएको क्लाइमेक्स कटप्पा (सत्यराज)ले महेन्द्र बाहुबली (प्रभाष)लाई किन मारे ? भन्ने प्रश्न सबैभन्दा ठूलो विषय बन्यो ।
भारतीय फिल्म क्षेत्रमा आजसम्म बनेका फिल्महरुमध्ये ५० मिनेटको सबैभन्दा लामो ‘क्लाइमेक्स’को रेकर्ड बाहुबली–२ ले राखेको छ ।
चलचित्र विश्लेषकहरुले एउटै ‘क्लाइमेक्स’को लागतलेमात्रै १० भन्दा बढी अरु बलिउड फिल्म निर्माण गर्न सकिने बताएका छन् ।
पहिलो शोमै हलभित्रैबाट दर्शकहरुले ट्वीटर लाइभ अपडेट गरेको फिल्मको रेकर्ड पनि बाहुबलीले राखेको छ । फिल्म रिलिजको पहिलो शो नसकिँदै दर्शकहरुले हलभित्रैबाट ट्वीटरमा फिल्मबारे गरेको टिप्पणीले बाहुबली–२ ‘ट्रेन्डिङ’को पहिलो नम्बरमा आएको छ ।
भारतमा एकैपटक ९ हजार (९५ प्रतिशत) फिल्महलमा रिलिज हुने रेकर्ड पनि बाहुबली–२ ले नै राखेको छ । जबकि, अहिलेसम्म सबैभन्दा धेरै ‘दंगल’ एकैपटक ८५ प्रतिशत हलहरुमामात्र रिलिज भएको थियो ।
फिल्महलमा टिकटका लागि दर्शकको लाइन तीन किलोमिटर परसम्म पुगेपछि अहिलेसम्म दर्शकको लामो लाइन हुने फिल्मको रेर्कडसमेत बाहुबलीले नै कायम गरेको छ ।
दक्षिण भारतको हैदरावादस्थित नेकलेस रोडमा रहेको ‘आइम्याक्स थिएटर’अगाडि टिकटका लागि तीन किलोमिटरसम्म लाइनमा बसेको भिडियोलेसमेत अहिले चर्चा कमाइरहेको छ ।
अहिलेसम्म सबैभन्दा महँगो चार हजार भारुसम्म ‘ब्ल्याक’मा टिकट बिक्री भएको फिल्मको रेर्कडसमेत बाहुबलीले नै राखेको छ ।
बिहारको भागलपुरस्थित ‘दीपप्रभा टकिज’मा बिहानैदेखि टिकट ब्ल्याकमा बेचिएको भन्दै स्थानीय र ब्ल्याक गर्ने युवाबीच झडप हुँदा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनुपरेको थियो ।
भारतमा अनलाइनमार्फत् आजसम्म सबैभन्दा बढी बुकिङ हुने फिल्मको रेकर्ड पनि बाहुबली–२ ले नै राखेको छ ।
भारतीय फिल्म ‘बुक’ गर्ने अनलाइन एजेन्सी ‘बुकमाइशो’ले मा २४ घन्टाभित्र १० लाख दर्शकले टिकट बुक गरेको उल्लेख गरेको छ ।
भारतमा सबै फिल्महल पहिलो शोमै हाउसफुल हुने फिल्मको रेकर्ड पनि बाहुबली–२ ले नै राखेको छ । भारतीय समाचार एजेन्सी ‘आजतक’ले भारतका मुख्य सहरका सबै हलहरु ‘हाउसफुल’ भएको उल्लेख गरेको छ ।
तमिलनाडुमा भने पहिलो ‘शो’ रद्ध गरिएको थियो । केहि व्यक्तिले फिल्मको मुख्य ‘क्लाइमेक्स’ भन्दै पुरानो फिल्म र विज्ञापनको दृष्य सम्पादन गरेर ‘लिक’ गरिदिएपछि पहिलो शो रद्ध गरिएको थियो ।
भारतमा शुक्रबार (आज) सरकारी बिदा नभएपनि कतिपय निजी तथा सरकारी कार्यालयमा बिदाको निवेदन आएपछि सबैलाई छ्ुट्टी दिइएको जनाइएको छ ।
भारतीय फिल्म क्षेत्रमा सबैभन्दा धेरै लगानी, समय, भिज्युवल इफेक्ट प्रयोग गरी सबैभन्दा कडा सुरक्षा घेरामा सम्पादन गरिएको ‘बाहुबली–२ द कल्क्लुजन’ले रिलिज भएकै दिन नसोचेको सफलता पाएको फिल्म विश्लेषकहरुले बताएका छन् ।
‘धर्मा प्रोडक्सन’को ब्यानरमा बनेको यस फिल्मलाई एसएस राजमौलीले निर्देशन गरेका हुन् ।
अमरेन्द्र/महेन्द्र बाहुबली (प्रभाष), भल्लाल देव (राणा दग्गुबाती), शिवगाामी देवी (रमैया कृष्णन), कटप्पा (सत्यराज) र राजकुमारी देवसेना (अनुष्का शेट्टी) आदि मुख्य कलाकारकोरुपमा देखापरेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्