ताल फुटेर आएको बाढीले मकालु–२ याङलेखर्कका छोपाल शेर्पाको एक पसल र एक होटल बगाएको छ ।
बाढीले नेखर्क, याङले, फेमाताङ, ज्याकखर्कमा चारओटा काठेपुल बगाउँदा आवत–जावतमा समस्या भएको स्थानीयको भनाइ छ ।
करिब ४५ सय मिटरको उचाइमा रहेको याङ्लेखर्कमा बाढीले अरु दुई घरमासमेत क्षति पुर्याएको छ ।
बाढीले ल्याएको माटो–ढुंगाले १० फिट अग्लो बगर बनाएको र घर पुरेको स्थानीयले बताएका छन् ।
मकालुको याङ्लेखर्कबाट एकदिनको पैदलदुरीमा करिब ४५ सय मिटर उचाइमा रहेको यउपा पिकमुनिको रङ हिमताल गत बिहीबार विस्फोट भएको थियो ।
त्यस क्षेत्रमा तत्काल अनुगमनका लागि हेलिकोप्टर माग गरी केन्द्रमा पठाएको र क्षतिको यकिन विवरणका लागि नेपाली सेनाको टोली पठाउने तयारी भएको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक एवं संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए ।



















प्रतिक्रिया दिनुहोस्