Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


४७ दिनसम्म हिउँमा फसेर बाँच्न सफल ताइवानी युवाले अस्पतालमै मनाए जन्मदिन


0
Shares

धादिङ, तिप्लिङस्थित रुबी भ्यालीमा हिउँमा चिप्लिएर ४७ दिनसम्म बेपत्ता भएर पनि बाँच्न सफल लाइङले ग्रान्डी अस्पतालमा २२औं जन्मदिन मनाएका हुन् ।

ताइवानी नागरिक लाइङलाई जन्मदिनको शुभकामना दिन पर्यटन राज्यमन्त्री परशुराम तामाङ ग्रान्डी अस्पताल धापासी पुगेका थिए ।

मृत्युलाई नजिकबाट चिहाएका लाइङले केक काटेर जन्मदिन मनाएका हुन् ।

ताइवानी युवक लाइङ र उनको केटी साथी लेउ चेनचुन गत फागुन २६ गते रुबी भ्याली घुमेर लाङटाङ घुम्ने योजनासहित तिप्लिङ पुगेका थिए ।

उच्च हिमपातका कारण चिप्लिएर रुबी भ्यालीको खोंचमा खसेका उनीहरुले निकै कस्टका साथ मृत्युलाई जित्न संघर्ष गरेको र त्यसमध्ये केटी साथी लेउ चेनचुनको भने मृत्यु भएको थियो ।

४७ दिनपछि जीवितै उद्धारपश्चात ग्रान्डी अस्पतालको हाइकेयरमा स्वास्थ्यलाभ लिइरहेका लाइङको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बताए ।

लाइङको स्थलगतरुपमा उद्धार गर्न सफल दावा तामाङले तिप्लिङ त्याग्रोभिरमा हिउँमा फसेका दुईजनामध्ये लाइङ जिउँदै अवस्थामा र उनकी केटी साथी मृत अवस्थामा ढलिरहेको देख्दा मन निकै विक्षप्त भएको अनुभव साटे ।

कार्यक्रममा पर्यटन राज्यमन्त्री परशुराम तामाङले हिउमा बेपत्ता भएर पनि ४७ दिनसम्म बाँच्न सफल हुनु ठूलो घटना भएको बताए ।

लाइङलाई ‘एडभेन्चर टे«किङको हिरो’कोरुपमा आफूले लिएको उनको भनाइ छ ।

मन्त्री तामाङले लाइङको स्वास्थ्य उपचार खर्च व्यवस्थापनका लागि सरकारले सबैसँग सल्लाह गरेर उचित निर्णय लिने बताए ।